विराटचोकः आज सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको छ भने चाँदीको भाउ स्थिर रहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ७३ हजार ३०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९८० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २०० रुपैयाँ घटेको थियो । चाँदीको भाउ भने स्थिर रहेको थियो ।







