विराटचोकः शनिबार मोरङको सुन्दरहरैंचास्थित विराटचोकमा भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान कोशी प्रदेशको पहिलो अधिवेशनले रोम घिमिरेको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको छ । घिमिरे यसअघि गठित तदर्थ समितिको पनि अध्यक्ष नै हुनुहुन्थ्यो ।
अधिवेशनले प्रतिष्ठानको वरिष्ठ उपाध्यक्षमा सरोज आचार्य, प्रथम उपाध्यक्षमा बोधराज पौडेल, द्वितीय उपाध्यक्षमा मिलन दुलाल, महिला उपाध्यक्षमा सरिता राना मगर, सचिवमा सुशील भट्टराई महिला सचिवमा शकुन्तला कार्की, सहसचिवमा डम्बरबहादुर घिमिरे र रवि किरण लिम्बू, कोषाध्यक्षमा टीकादेवी दाहाल, सह कोषाध्यक्षमा तोयानाथ भट्टराईलाई सर्वसम्मत चयन गरेको छ ।
सदस्यमा राम नेपाली, शिव नेपाल, दुलहरी घतानी, भोलामान गुरुङ, गंगा गौतम, शान्ता तिम्सिना, तेजेन्द्र गन्धर्व, शिवराज भट्टराई सर्वसम्मत चयन हुनुभएको छ ।
प्रतिष्ठानको प्रवक्तामा सदस्य निश्चल आचार्य सर्वसम्मत चयन हुनुभएको छ । सहसचिव डम्बरबहादुर घिमिरे कार्यक्रम निर्देशक चयन हुनुभएको छ ।
तदर्थ समितिका अध्यक्ष रोम घिमिरेको अध्यक्षतामा भएको कार्यक्रममा कोशी प्रदेश प्रमुख र्पशुराम खापुङ प्रमुख अतिथि रहनुभएको थियो । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालकी केन्द्रीय अध्यक्ष रीता थापा मगरको विशिष्ट आतिथ्यता रहेको कार्यक्रममा सांगठनिक विभाग प्रमुख सुवास केसी र महासचिव शिव हमाल लगायतको उपस्थिति रहेको थियो ।
प्रतिष्ठानको कोशी प्रदेशकी कोषाध्यक्ष टीकादेवी दाहालले स्वागत मन्तव्य राखेको कार्यक्रमको सञ्चालन प्रतिष्ठानका कोशी प्रदेश सचिव सुशील भट्टराईले गर्नुभएको थियो ।
अधिवेशनमा पूर्वको साकेला नाच र हुर्रा नाच प्रस्तुत गरिएको थियो ।







