Saturday, June 14, 2025
Homeफिचरबेलबारी क्याम्पसमा पनि क्रान्तिकारी विजयी, मोरङका ६ क्याम्पसको स्ववयिु अध्यक्षमा क्रान्तिकारी विजयी

बेलबारी क्याम्पसमा पनि क्रान्तिकारी विजयी, मोरङका ६ क्याम्पसको स्ववयिु अध्यक्षमा क्रान्तिकारी विजयी

बेलबारीः मोरङको बेलबारी बहुमुखी क्याम्पसमा भएको स्ववियु निर्वाचनबाट अध्यक्ष पदमा अनेरास्ववियु क्रान्तिकारीका कपिल विष्ट विजयी हुनुभएको छ ।

अनेरास्ववियुका प्रशान्त पोखरेललाई ३४ मतान्तरले पराजित गर्दै विष्ट निर्वाचित हुनुभएको हो । सचिवमा अनेरास्ववियुका अर्जुन कोइराला विजयी हुनुभएको छ भने कोषाध्यक्षमा क्रान्तिकारीकै नवराज थापा निर्वाचित हुनुभएको छ ।

अघिल्लो निर्वाचनमा नेपाल विद्यार्थी संघको नेतृत्वमा सर्वसम्मत स्ववियु गठन भएको क्याम्पसमा आन्तरिक विवादका कारण यस पटक भने नेविसंघले संगठन नै दर्ता गरेको थिएन ।

मोरङका ३ आंगिकसहित ६ वटामा क्रान्तिकारीले जितेको छ । आंगिक क्याम्पसहरु महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस, स्नातकोत्तर क्याम्पस र विराट नर्सिङ क्याम्पसका साथै कानेपोखरीको रमाइलो बहुमुखी क्याम्पस, बेलबारी क्याम्पस र मिक्लाजुङ क्याम्पसमा अनेरास्ववियु क्रान्तिकारीले जितेको हो ।

सुकुना बहुमुखी क्याम्पस र केराबारी बहुमुखी क्याम्पसमा अनेरास्ववियुले जित्दा लेटाङ क्याम्पसको स्ववियु अध्यक्षमा भने नेपाल विद्यार्थी संघका उम्मेद्वार विजयी भएका छन् । उर्लाबारी र पथरी क्याम्पसमा सर्वसम्मत नेवि संघका उम्मेद्वार निर्वाचित भएका छन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments