केराबारीः मोरङको केराबारीमा रहेको खदम क्याम्पसमा अनेरास्ववियुका उम्मेद्वार विजयी भएका छन् ।
खदम क्याम्पसमा नेवि संघ र अखिल क्रान्तिकारीको गठबन्धनलाई पराजित गर्दै अनेरास्ववियुका उम्मेद्वार संगम कन्दङ्वा विजयी हुनुभएको हो । कन्दङ्वाले ५८ मत प्राप्त गर्दा अखिल क्रान्तिकारीका सिमान्त लुइँटेलले २८ मत ल्याउनुभयो ।
त्यसैगरी कोषाध्यक्षमा पनि अनेरास्ववियुका सन्देश भण्डारी ५८ मत ल्याएर विजयी हुँदा नेवि संघका फेमस बराइलीले २९ मत ल्याए ।
सो क्याम्पसमा ११ सदस्यीय समितिका लागि यसअघि नै बाँकी ९ जना निर्विरोध निर्वाचित भइसकेका छन् ।