विराटचोकः साहित्यकार दुर्गा खरेलको ‘विश्वमानव’ निबन्ध सङ्ग्रहको प्रगतिशील लेखक सङ्घ मोरङद्वारा आयोजित कार्यक्रममा शनिबार विमोचन गरिएको छ ।
प्रलेस मोरङको ११ औ जिल्ला अधिवेशनमा सो कृति विमोचनका साथै याङरुप उपन्यासको परिचर्चा पनि गरिएको थियो । प्रगतिशील लेखक सङ्घ नेपाल कोशी प्रदेश अध्यक्ष तिला लेकालीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ’विश्वमानव’ निबन्ध सङ्ग्रहको समीक्षा साहित्यकार केशु विरहीले गर्नुभएको थियो ।
संस्थाका अध्यक्ष विदुर सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन सचिव धनजीत पराजुलीले गर्नुभएको थियो ।
कार्यक्रममा क्यान्सर पीडित झापाका साहित्यकार ज्ञानु बुढाथोकीको उपन्यास याङरुपमाथि साहित्यकार दीपक न्यौपानेले परिचर्चा गर्नुभएको थियो ।







