Friday, December 5, 2025
Homeकला र साहित्यप्रगतिशील लेखक संघ मोरङको अध्यक्षमा केराबारीका यज्ञ सुवेदी

प्रगतिशील लेखक संघ मोरङको अध्यक्षमा केराबारीका यज्ञ सुवेदी

विराटचोकः प्रगतिशील लेखक संघ मोरङको अध्यक्षमा यज्ञ सुवेदी ‘सुसेली’ चयन हुनुभएको छ । शनिबार सुकुना बहुमुखी क्याम्पसमा भएको अधिवेशनले केराबारी निवासी सुवेदीको अध्यक्षतामा १३ सदस्यीय कार्यसमिति चयन गरेको हो ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा उर्लाबारीका देवेन्द्र पौडेल, सचिवमा विराटनगरकी नानुमैयाँ दाहाल, सहसचिवमा विराटनगरका भवानीप्रसाद पोख्रेल र कोषाध्यक्षमा विराटनगरका शैलेन घिमिरे ‘शैलेन्द्र’ चयन हुनुभएको छ ।

त्यस्तै सदस्यहरुमा उर्लाबारीका सञ्जीव तिम्सिना र यज्ञ परिश्रमी, बुढीगंगाका भीम कोइराला, सुन्दरहरैंचाका उमा गुरागाईँ र दुर्गाप्रसाद खरेल, बेलबारीका शारदा दाहाल र अञ्जली कठेत तथा विराटनगरकी शान्ता कर्ण चयन हुनुभएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments