विराटचोकः आज सुनको भाउ स्थिर रहेको छ । चाँदीको भाउ भने तोलामा ५ रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ७४ हजार १०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ४० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा ५ रुपैयाँ घटेको थियो ।







