जनकपुरः मिथिला नाट्यकला परिषदले प्रत्येक वर्ष आयोजना गर्दै आएको महामूर्ख सम्मेलन अन्तर्गत यस वर्ष महामूर्खको उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहले पाउनुभएको छ ।
सिंहलाई प्रशस्ति पत्र प्रदान गर्नुका साथै तरुल तथा अन्य तरकारीको माला र टाउकोमा विशिष्ट प्रकारको टोपी लगाएर सम्मान गरिएको थियो ।
जनकपुर उपमहानगरपालिका उपप्रमुख किशोरी साहलाई हराशंख, रामरिझन यादवलाई लोढाशंकर, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सचिव राजेशकुमार मिश्रलाई बालबोध उपाधि प्रदान गरिएको थियो । वीरगञ्ज महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत अरविन्दलाल कर्णलाई बज्रकीट, चिकित्सक रामविनय चौधरीलाई खबसुरता, मैथिल चित्रकार सीतादेवी कर्णलाई गनपसारैन, पशु चिकित्सक डा. पिंकी मण्डललाई मनतोरिया, नेपाल बार एसोसिएसन जनकपुरधामका अध्यक्ष विमलकुमार मिश्रलाई पवित्र पापी र कृष्ण चौधरीलाई सोटाचन्दको उपाधि प्रदान गरिएको थियो ।
हरेक वर्ष आयोजना हुने सो सम्मेलनमा यसपटक जनकपुर उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीलाई खेसारी लाल, नेपाल पत्रकार महासंघ धनुषाका अध्यक्ष पुरन गुप्तालाई डपौरशंख र संवाद फाउण्डेसनका अध्यक्ष कुमार भाष्करलाई तरघुसनाको उपाधी प्रदान गरिएको थियो ।
भारतको दरभंगा बिहारका कवि सियाराम सरसलाई पटमूर्खको उपाधि प्रदान गरिएको थियो ।








