विराटचोकः सुनको भाउले शुक्रबार नयाँ रेकर्ड कायम गरेको छ । सुनको भाउ एकै दिन ४ हजार रुपैयाँ बढेको हो । चाँदीको भाउ तोलामा ५० रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार सुनको मूल्य प्रतितोला १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ । चाँदीको भाउ प्रति तोला २ हजार ५० रुपैयाँ कायम भएको छ ।
बुधबार सुनको भाउ तोलामा ६०० रुपैयाँ र चाँदीको भाउ तोलामा ३० रुपैयाँ बढेको थियो ।
यसअघि फागुन १३ गते सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको थियो । सो दिन छापावाल सुन प्रतितोला १ लाख ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको थियो । सो दिनको रेकर्ड आज तोडिएर हालसम्मको उच्च मूल्यको रेकर्ड कायम भएको हो ।







