विराटचोकः देशका हिमाली र पहाडी क्षेत्रमा हिजो होली पर्व मनाइएको छ । तराईका जिल्लामा भने यो पर्व आज मनाइँदैछ ।
यस पर्वमा विभिन्न किसिमका रङ एकापसमा दलेर तथा पिच्कारीद्वारा रङ्गीन पानी एकापसमा छ्यापेर रमाइलो गरिन्छ । विभिन्न संघसंस्थाले होली मिलन या अन्य नाममा सामुहिक होली मनाउने गर्छन् ।
असत्यमाथि सत्यको विजयको रूपमा होली पर्वलाई लिइन्छ ।
काठमाडौं उपत्यका, पोखरा उपत्यकालगायतका क्षेत्रमा आएका विदेशी नागरिकले पनि हर्षाेल्लसाका साथ यो पर्व मनाउने गर्छन् ।
आज हिमाली र पहाडी जिल्लामा फागु पर्व मनाइँदै







