Friday, December 5, 2025
Homeधर्म र संस्कृतिनयाँ वृन्दावन गौशालामा खेलियो फूलको होली

नयाँ वृन्दावन गौशालामा खेलियो फूलको होली

विराटचोकः मोरङको सुन्दरहरैंचा ५ मा रहेको नयाँ वृन्दावन गौशालामा आयोजित होली मिलन कार्यक्रममा फूलको होली खेलिएको छ ।

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा सांसद मीना श्रेष्ठ, पूर्व प्रदेश वन तथा पर्यटन राज्यमन्त्री राजकुमार ओझा, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्बर राई, सुन्दरहरैंचा नगरपालिकाका पूर्व नगर प्रमुख शिवप्रसाद ढकाललगायत अतिथिका रुपमा उपस्थित हुनुहुन्थ्यो ।

नयाँ वृन्दावन गौशाला परिसरमा उपस्थित १ हजार जनाभन्दा बढी मानिसका बीचमा फूलको होली खेलिएको थियो । नयाँ वृन्दावन गौशालामा हरेक वर्ष फागु पूर्णिमामा फूलको होली खेल्ने गरिन्छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments