विराटचोकः आज देशका हिमाली र पहाडी जिल्लामा विभिन्न किसिमका रङ एकआपसमा दलेर फागु पूर्णिमा मनाइँदैछ ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको पर्वको रूपमा फागु पर्वलाई लिइन्छ ।
फागु पर्वका अवसरमा आज काठमाडौंको वसन्तपुरमा उपस्थित मानिसले वातावरणलाई नै रङ्गीचङ्गी तुल्याउँदै त्यहाँ गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगी जलाउँछन् । चीरमा राखिएका ध्वजापताका औषधोपचारमा काम लाग्ने विश्वासका साथ लुछाचुँडी गरी लिने र अनिष्ट टर्छ भनी चीरको खरानीको टीका लगाउने गराउने गरिन्छ ।
फागु पर्वका उपलक्ष्यमा सरकारले सार्वजनिक बिदा दिंँदै आएको छ । तराई क्षेत्रमा भने यो पर्व भोलि मनाइन्छ । फागु पर्वको सबैमा हार्दिक शुभकामना ।







