लेटाङः बुधबार लेटाङ नगरपालिकाको सभाहलमा आयोजित विशेष कार्यक्रमका बीच लेटाङ नगरपालिकाले नयाँ भर्ना गरेका नगर प्रहरीहरुलाई दर्ज्यानी चिह्न प्रदान गरेको छ ।
नगर प्रहरी सहायक निरीक्षक कुमार थापा, प्रहरी हवल्दार निर्दल केरुङ, प्रहरी जवान भुपाल श्रेष्ठ र प्रहरी जवान सम्झना रिमाललाई दर्ज्यानी चिह्न प्रदान गरिएको हो ।
नगर प्रमुख भुपेन्द्रकुमार लावती, उपप्रमुख कृष्णकुमारी निरौला, प्रमुख प्रशासकीय अधिकृत विष्णुप्रसाद सुवेदी र इलाका प्रहरी कार्यालय लेटाङका प्रहरी निरीक्षक राकेश रेग्मीले दर्ज्यानी चिह्न लगाएर बधाई तथा शुभकामना दिनुभएको थियो ।







