Friday, December 5, 2025
Homeफिचरपूर्वाञ्चल विश्वविद्यालयबाट तीन स्वर्ण पदक पाउने ख्वप इञ्जिनियरिङकी मेधास्मी खतिवडा

पूर्वाञ्चल विश्वविद्यालयबाट तीन स्वर्ण पदक पाउने ख्वप इञ्जिनियरिङकी मेधास्मी खतिवडा

विराटचोकः पूर्वाञ्चल विश्वविद्यालयको हिजो भएको १३ औँ दीक्षान्त समारोहमा ख्वप इञ्जिनियरिङ कलेजकी मेधास्मी खतिवडाले तीन वटा स्वर्ण पदक पाउनुभएको छ ।

शैक्षिक वर्ष २०८० मा भएको परीक्षामा उहाँ विश्वविद्यालय प्रथम हुनुभएको थियो । ३ दशमलव ८८ जीपीएका साथ उत्तीर्ण हुनुभएकी उहाँले विश्वविद्यालय प्रथम गरेबापत युनिभर्सिटी गोल्ड मेडल पाउनुभएको हो ।

त्यस्तै, सूचना प्रविधि र इञ्जिनियरिङ कार्यक्रममा सर्वाेत्कृष्ट भएबापत उहाँले स्व. डिल्लीबहादुर अधिकारी गोल्ड मेडल पाउनुभएको छ ।

स्नातकोत्तर तहमा सर्वाेत्कृष्ट भएबापत उहाँले नारायणप्रसाद कोइराला गोल्ड मेडल प्राप्त गर्नुभएको छ ।

पूर्वाञ्चल विश्वविद्यालयको १३ औँ दीक्षान्त समारोहमा ८१५० विद्यार्थी दीक्षित

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments