गोठगाउँः नेपाल जुनियर÷ युवा रेडक्रस सर्कल पञ्चायत मावि सुन्दरहरैंचाको आयोजनामा आज भएको अन्तर मावि हाजिरीजवाफ प्रतियोगितामा पञ्चायत मावि पहिलो भएको छ ।
सुन्दरहरैंचाका सामुदायिक माविबीच भएको प्रतियोगितामा शिक्षा निकेतन मावि दोस्रो, साजीलाल मावि तेस्रो र जनता मावि बुधबारेले सान्त्वना स्थान हात पारेका छन् । जनता मावि त्रिजुगाबाहेक सुन्दरहरैंचाका सबै सामुदायिक मावि सहभागी भएको प्रतियोगिताका विजेतलाई प्रमाणपत्र र शैक्षिक सामग्री प्रदान गरिएको थियो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष पोष्टकुमार श्रेष्ठको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी सुन्दरहरैंचाका अध्यक्ष घनिन्द्र न्यौपाने विशिष्ट अतिथि रहनुभएको थियो ।







