Friday, December 5, 2025
Homeप्रविधिफेसबुक लाइभ अब महिना दिनमा डिलिट हुने

फेसबुक लाइभ अब महिना दिनमा डिलिट हुने

विराटचोकः फेसबुकले मङ्गलबार एक घोषणा गर्दै फेसबुकमा लाइभ गरिएका भिडियोहरू ३० दिनपछि डिलिट हुने जनाएको छ । यसअघि यस्ता भिडियोहरू अनिश्चितकालसम्म रहन्थे ।

फेसबुक सञ्चालक संस्था मेटाका अनुसार कुनै पनि भिडियो मेट्नुअघि प्रयोगकर्तालाई यसबारे जानकारी प्राप्त हुनेछ । त्यसपछि प्रयोगकर्ताले ६ महिनासम्म थप समय माग्न वा तत्काल यसलाई डाउनलोड गर्ने, क्लाउड स्टोरेजमा सार्ने वा नयाँ रिलमा परिवर्तन गर्ने जस्ता विकल्प रोज्न सक्नेछन् । लाइभ गरिएको शुरुका हप्तापछि भ्युज नआउने देखिएपछि यस्तो निर्णय गरिएको मेटाले जनाएको छ ।

प्रयोगकर्ताहरूलाई आफ्ना पुराना लाइभ भिडियोहरू सुरक्षित राख्न मद्दत गर्न फेसबुकले नयाँ डाउनलोड उपकरणहरू पनि सार्वजनिक गर्दै प्रयोगकर्ताहरूले आफ्नो पुराना लाइभ भिडियोहरू एकै पटकमा डाउनलोड गर्न ‘डाउनलोड लाइभ भिडियोज’ विकल्प चयन गर्न सक्ने जनाएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments