Friday, December 5, 2025
Homeफिचर६४ औँ वार्षिकोत्समा बाह्र राससकर्मी पुरस्कृत हुँदै

६४ औँ वार्षिकोत्समा बाह्र राससकर्मी पुरस्कृत हुँदै

विराटचोकः राष्ट्रिय समाचार समिति (रासस)ले आफ्नो ६४ औँ वार्षिकोत्सवका अवसरमा आज विभिन्न ६ विधामा १२ जना राससकर्मीलाई पुरस्कार प्रदान गर्ने भएको छ । रासस सञ्चालक समितिको हिजोको बैठकको निर्णयअनुसार जनही २० हजार रुपैयाँ नगद र प्रमाणपत्रसहितको उत्कृष्ट रासस समाचारदाता पुरस्कार सुनसरीकी संगीता राई (स्वर्णिम), ललितपुरका माधवप्रसाद घिमिरे र कैलालीका तिलकराज ओझालार्ई प्रदान गरिने भएको छ ।

प्रमाणपत्रका साथमा जनही १० हजार रुपैयाँ राशीको उत्कृष्ट आलेखतर्फको पुरस्कार झापाका विशेष समाचारदाता चन्द्रकला भण्डारी र सम्पादक टीकाराम सुनारलाई प्रदान गरिने भएको छ । भण्डारीको गत जेठ ३० गते प्रकाशित ‘बढ्दैछ आत्महत्याको कहर, छैन रोकथामको चासो’ र सुनारको मङ्सिर २१ गते प्रकाशित ‘मनोरञ्जन क्षेत्रमा हिंसा, रङ्गीन क्षेत्र नै रङ्गहीन’ शीर्षकका आलेख उत्कृष्ट ठहरिएका हु्न् ।

त्यस्तै, उत्कृष्ट सम्पादनतर्फको पुरस्कार अन्तरराष्ट्रिय समाचार सम्पादन शाखाका सम्पादक दिलीपप्रसाद शर्मा र नेपाली समाचार सम्पादन शाखाका वरिष्ठ सम्पादन सहयोगी छविलाल माललाई दिइने निर्णय भएको छ । उहाँहरूलाई जनही रु १० हजार नगद र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

उत्कृष्ट समाचार सङ्कलनतर्फ भरतपुर कार्यालय प्रमुख नारायणप्रसाद अधिकारी र केन्द्रीय कार्यालयका समाचारदाता कालिका खड्कालाई जनही रु १० हजार र प्रमाणपत्र प्रदान गरिने भएको छ । २० हजार रुपैयाँ राशीको उत्कृष्ट फोटो पत्रकारिता पुरस्कार हरिराम भेटवाललाई प्रदान गरिने भएको छ ।

उत्कृष्ट कर्मचारीतर्फ केन्द्रीय कार्यालयका कार्यालय सहयोगी राजिनन साह र मधेस प्रदेश कार्यालय जनकपुरका कार्यालय सहयोगी सूर्यप्रसाद बराललाई जनही १० हजार रुपैयाँ र प्रमाणपत्र प्रदान गरिने भएको छ ।

नायब महाप्रबन्धक तथा समाचार महाशाखा प्रमुख सोमनाथ लामिछानेको संयोजकत्वमा गठित पुरस्कार छनोट सिफारिश उपसमितिको सिफारिश र सञ्चालक समितिको अनुमोदनमा उहाँहरू पुरस्कृत हुनुहुने भएको हो ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments