इटहरीः कश्यपगोत्रीय अधिकारी वंश प्रतिष्ठान कोशी प्रदेशको अध्यक्षमा सुनसरीका शान्तिबहादुर अधिकारी चयन हुनुभएको छ । शनिबार भएको प्रतिष्ठानको पहिलो अधिवेशनले तदर्थ समितिका अध्यक्ष अधिकारीलाई नै पुनः अध्यक्षमा चयन गरेको हो ।
त्यस्तै, कार्यसमितिको उपाध्यक्षमा मोरङका माधव अधिकारी र झापाकी लक्ष्मी अधिकारी चयन हुनुभएको छ । सचिवमा सुनसरीका लीलाराज अधिकारी, सहसचिवमा सुनसरीकै दुर्गा अधिकारी र कोषाध्यक्षमा झापाका नेत्रप्रसाद अधिकारी चयन हुनुभएको छ ।
सदस्यहरूमा ताप्लेजुङका छविलाल अधिकारी, पाँचथरका केशव अधिकारी, इलामका गणेश अधिकारी र सोमनाथ अधिकारी, मोरङका भोलानाथ अधिकारी, तेह्रथुमका धु्रव अधिकारी, उदयपुरका इन्द्रप्रसाद अधिकारी, सोलुखुम्बुका गुरुप्रसाद अधिकारी, ओखलढुङ्गाका कविराज अधिकारी, खोटाङका फणिन्द्र अधिकारी र संखुवासभाका कृष्णबहादुर अधिकारी चयन हुनुभएको छ ।
प्रतिष्ठानका केन्द्रीय अध्यक्ष नरेन्द्रकुमार अधिकारीको प्रमुख आतिथ्यतामा अधिवेशन सम्पन्न भएको थियो ।








