Friday, December 5, 2025
Homeखेलकुदलेटाङमा आजदेखि खेलकुद महोत्सव हुने

लेटाङमा आजदेखि खेलकुद महोत्सव हुने

लेटाङः लेटाङ नगरपालिकाको आयोजनामा आजदेखि  फागुन ७ गतेसम्म खेलकुद महोत्सव हुने भएको छ । महोत्सवमा विभिन्न ९ ओटा विधामा प्रतिस्पर्धा हुने नगरपालिकाले जनाएको छ ।
महोत्सवमा महिला भलिबल, पुरुष भलिबल, पुरुष फुटबल, क्रिकेट, ब्याडमिन्टन, चेस, बाघचाल, टेबलटेनिस र छात्र–छात्रा दुवैतर्फको अण्डर थर्टिन ३ किलोमिटर म्याराथुन दौड प्रतियोगिता सञ्चालन गरिने नगरपालिकाले जनाएको छ ।
ती खेलअन्तर्गत  महिला भलिबल, पुरुष भलिबल, फुटबल र क्रिकेटतर्फ प्रथम हुनेलाई ४० हजार, दोस्रो हुनेलाई २७ हजार र तेस्रो हुनेलाई १३ हजार ५ सय रुपैयाँ नगद पुरस्कार प्रदान गरिने नगरपालिकाले जनाएको छ ।
ब्याडमिन्टनतर्फ प्रथम हुनेलाई १२ हजार र दोस्रोलाई ८ हजार रुपैयाँ दिइने भएको छ । बुद्धिचाल, बाघचाल, टेबलटेनिस र अण्डर थर्टिन ३ किलोमिटर म्याराथुन दौडमा छात्र–छात्रा दुवैतर्फ प्रथम हुनेले ८ हजार र दोस्रो हुनेले ५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।
RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments