Friday, December 5, 2025
Homeफिचरआज प्रणय दिवस, एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदै

आज प्रणय दिवस, एकअर्काप्रति प्रेम साटासाट गरी मनाइँदै

विराटचोकः आज फेब्रुअरी १४ । आज प्रणय दिवस अर्थात् भ्यालेन्टाइन्स डे । नेपालसहित विश्वभर एकअर्काप्रति प्रेम साटासाट गरी यो दिवस मनाइँदैछ ।

हरेक वर्ष १४ फेब्रुअरीका दिन प्रेमीप्रेमिकासँगै आफन्त र परिवारजनमा प्रेम, सद्भाव र भातृत्व साटासाट गरी प्रणय दिवस मनाउने गरिन्छ । विशेषगरी युवायुवतीले प्रेम प्रस्ताव राख्ने र आपसमा प्रेमभाव प्रस्तुत गर्ने पर्वको रुपमा प्रणय दिवस मनाइन्छ ।

युवायुवतीले प्रेमको प्रतीकको रूपमा रातो गुलाबको फूल उपहार दिएर प्रेमभाव साटासाट गर्दछन् । दिवसको आसपासमा गुलाबको फूलको राम्रो व्यापार हुने गर्दछ । युवा पुस्तामा बढी लोकप्रिय रहेको यो दिवसमा युवायुवतीले प्रेम प्रस्ताव राख्ने दिनका रूपमा लिने गरेका छन् ।

पछिल्लो समय विभिन्न संस्थाले प्रेमभावका साहित्य वा गजल वाचन कार्यक्रम यस दिवसको अवसरमा राख्ने गर्दछन् ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments