विराटचोकः फागुनको पहिलो दिन सुनको भाउ तोलामा २ हजार ३०० रुपैयाँ बढेको छ । चाँदीको भाउ तोलामा ३५ रुपैयाँ बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रतितोला १ लाख ६९ हजार ८०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९६५ रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको थियो ।







