Friday, December 5, 2025
Homeअर्थभोलिदेखि सातौं स्याङ्जा महोत्सव

भोलिदेखि सातौं स्याङ्जा महोत्सव

स्याङ्जा: पुतलीबजार नगरपालिका – १ मालेबगरमा भोलि फागुन ६ गतेदेखि १८ गतेसम्म स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा स्याङ्जा महोत्सवको सातौं संस्करण हुने भएको छ ।

‘स्याङ्जा महोत्सवको आधारः कृषि, पर्यटन नै आर्थिक समृद्धिको पूर्वाधार’ भन्ने नाराका साथ महोत्सव गर्न लागिएको संघका अध्यक्ष एवं महोत्सवका मूल समारोह समितिका संयोजक महादेव श्रेष्ठले बताउनुभयो । संघले २०६३ सालदेखि महोत्सव लगाउन थाले पनि गत वर्षहरूका महोत्सव भन्दा फरक ढङ्गले गण्डकी प्रदेशस्तरीय औद्योगिक, कृषि पर्यटन, सांस्कृतिक, सूचना प्रविधि तथा व्यापार मेला – २०८१ को रूपमा महोत्सव सञ्चालन हुने श्रेष्ठले जानकारी दिनुभयो ।

महोत्सवका प्रचारप्रसार संयोजक एवं स्याङ्जा जिल्ला उद्योग वाणिज्य संघका महासचिव रविन्द्र केसीले महोत्सवले विभिन्न क्षेत्रको उत्थान गरी स्थानीय जनताको क्रयशक्तिमा वृद्धि ल्याउन मद्दत गर्ने र विभिन्न राजनीतिक दल, सरकारी निकाय, संघ संस्था, वित्तीय संस्था, शैक्षिक संस्था, धार्मिक संस्थाहरु, जातीय समाजहरु, नागरिक समाज लगायत समग्र सबै पक्षको साझा मञ्चको रुपमा आपसी सद्भाव एवं समन्वय तथा माया बाँड्न सफल हुने भन्ने अपेक्षा गरिएको बताउनुभयो ।

महोत्सवको आकर्षणको रूपमा महोत्सवस्थलमा माछा महोत्सवको रूपमा स्याङ्जा जिल्लाका आँधीखोला, ज्याग्दीखोला, दरौंखोला, कालीगण्डकी लगायत नदीहरु तथा स्थानीय माछापोखरीहरुबाट उत्पादित माछाहरुको परिकार, भुरा तथा माउहरुको प्रदर्शनी गरिने भएको छ । राष्ट्रिय स्तरका चर्चित कलाकारहरुवाट स्टेज सो, बाल उद्यान, औद्योगिक व्यापार मेला, लोक दोहोरी गीत प्रतियोगिता, विद्यालयस्तरीय नृत्य प्रतियोगिता, पञ्चेबाजा प्रतियोगिता, रीतिरिवाज झल्कने सांस्कृतिक कार्यक्रम, कृषि उत्पादन प्रदर्शनी तथा बिक्री, हस्तकला प्रदर्शनी, महिला विशेष कार्यक्रम अन्तर्गत परम्परागत रत्यौली गीत प्रतियोगिता, मम्मी डान्स (एकल आमा नृत्य) प्रतियोगिता, लोक भजन प्रतियोगितालगायतका कार्यक्रम पनि राखिएको आयोजकले जनाएको छ ।

महोत्सवमा करीब १ करोड एक लाख आम्दानी हुने र करीब ९५ लाख बीस हजार खर्च भई पाँच लाख ८० हजार बचत हुने आयोजकले अनुमान गरेको छ ।

महोत्सवलाई व्यवस्थित रुपमा सञ्चालन गर्नका लागि १ हजार १११ जनाको मूल आयोजक समिति बनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments