सलकपुरः सुन्दरहरैंचा– ८ सलकपुरमा रहेको सिंहवाहिनी आधारभूत विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई मोरङ क्षेत्र नम्बर ३ का सांसद डा. सुनिल शर्माले विद्यालय पोशाक वितरण गर्नुभएको छ । विद्यालयमा अध्ययनरत सबै विद्यार्थीलाई सर्ट पाइन्ट र सर्ट फ्रक सिलाएर प्रदान गरिएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीला दाहालले बताउनुभयो ।
सुन्दरहरैंचा नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष खेमप्रसाद न्यौपानेको प्रमुख आतिथ्यतामा भएको पोशाक वितरण कार्यक्रममा, जनप्रतिनिधि, नेपाली कांग्रेस सुन्दरहरैंचा ८ का सभापति गोविन्दबहादुर बस्नेतलगायतको उपस्थिति रहेको थियो ।
विद्यालयमा अध्ययनरत विद्यार्थी अति विपन्न परिवारका भएकाले पोशाक वितरण गरिएको डा. शर्माले जानकारी दिनुभयो ।







