विराटचोकः लायन्स क्लब अफ इन्टरनेसनल अन्तर्गत लायन्स क्लब अफ डिस्ट्रिक ३२५ सीको थर्ड क्याबिनेट मिटिङ भियतनामको होचि मिन्ह शहरमा हुने भएको छ । सो क्याबिनेटमा सहभागी हुन सुन्दरहरैंचाबाट जाने १३ जना लायन्सकर्मीलाई हिजो विराटचोकमा यात्रा सफलताको कामनासहित बिदाइ गरिएको छ ।
प्लानेट लाउञ्जमा आज भएको कार्यक्रममा सो क्याबिनेटमा सहभागी हुन जाने लायन्सहरूलाई बिदाइ गरिएको डिस्«िटक फुड बैंक चिफ नगेन्द्र दाहालले जानकारी दिनुभयो ।
बिदाइ कार्यक्रममा डिस्ट्रिक गभर्नर विकास अधिकारी, क्याबिनेट अफिसरहरु रोशन बुढाथोकीलगायतको उपस्थिति थियो । उहाँहरुले क्याबिनेटको सफलताको साथै भाग लिन जाने लायन्सको शुभयात्राको कामना गर्नुभएको थियो । भियतनाममा फागुन २ गतेदेखि ५ गतेसम्म क्याबिनेट मिटिङ हुने भएको छ ।
‘बोन भोयग’ अर्थात् शुभयात्रा नाम दिइएको सो कार्यक्रमको सञ्चालन रिजन चेयर पर्सन टेकमणि न्यौपाने (विवेक) ले गर्नुभएको थियो ।







