विराटचोकः आज सुन र चाँदी दुवैको भाउमा गिरावट आएको छ । सुनको भाउ तोलामा २ हजार ७०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६७ हजार ५०० रुपैयाँ निर्धारण भएको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९३० रुपैयाँ निर्धारण भएको छ ।
हिजो सुनको भाउ तोलामा ६०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा ३० रुपैयाँ घटेको थियो ।







