विराटचोकः वाणिज्य बैंकहरूले फागुन महिनाका लागि ब्याजदर प्रकाशित गरेका छन् । अधिकांश बैंकहरुले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।
माघ महिनामा औषतमा ६.००१ प्रतिशतविन्दु रहेको बैंकहरुको व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर, फागुन महिनामा पनि ६.००१ प्रतिशतविन्दु नै रहेको छ ।
२० वाणिज्य बैंकहरुमध्ये १८ वाणिज्य बैंकले माघ महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् । लक्ष्मी सनराइज बैंक र ग्लोबल आईएमई बैंकले व्यक्तिगत मुद्दति निक्षेपको अधिकतम ब्याजदर ०.२५ प्रतिशतबिन्दुले घटाएका छन् ।







