विराटचोकः सुस्त रहेको आर्थिक गतिविधिलाई चलायमान बनाउने तथा एक्स्पोमा बचत भएको रकम नगरका विभिन्न स्थानमा सार्वजनिक शौचालय निर्माणका लागि खर्च गर्ने उद्देश्यका साथ भोलि सुन्दरहरैंचा विराट एक्स्पो ४ शुरु हुँदैछ ।
सामान खरीदबिक्रीका साथै साहित्यिक, सांस्कृतिक, खेलकुद गतिविधिका साथै विभिन्न बहस र जनचेतनामूलक कार्यक्रम हुने एक्स्पोमा हास्य कलाकारले पनि आफ्ना प्रस्तुति दिने भएका छन् । हास्य कलाकार मनोज गजुरेलले एक्स्पो उद्घाटनका दिन माघ ३० गते तथा पवन खतिवडा (म्याकुरी) र सुन्दर खनालले फागुन ८ गते हास्य प्रस्तुति दिनुहुने आयोजक सुन्दरहरैंचा उद्योग वाणिज्य संघले जनाएको छ ।







