Friday, December 5, 2025
Homeकला र साहित्यबेलबारीमा फागुन तेस्रो साता दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने

बेलबारीमा फागुन तेस्रो साता दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने

बेलबारीः नेपाल ललितकला प्रतिष्ठानको आयोजनामा मोरङको बेलबारीमा दोस्रो प्रादेशिक ललितकला प्रदर्शनी हुने भएको छ । बेलबारी १ स्थित तमू बुद्धिष्ट गुम्बामा फागुन १६ गतेदेखि २० गतेसम्म हुने प्रदर्शनीमा कोशी प्रदेशका सबै जिल्लाबाट सहभागी आउने अनुमान गरिएको आयोजकले जनाएको छ ।

प्रदर्शनीका संयोजक सञ्जय वान्तवाका अनुसार प्रदर्शनीमा ललितकलाका सबै विधाहरु समेटिने भएका छन् । समसामयिक चित्रकला, परम्परागत चित्रकला, समसामयिक मूर्तिकला, परम्परागत मूर्तिकला, हस्तकला, भिडियो तथा फोटोग्राफी, मैथिली लोककला, थारु लोककला, सन्थाल लोककला, राजवंशी लोककला, खवास लोककला, मौलिक रैथाने लोककलाका साथै अन्य सिर्जनात्मक कला, प्रतिस्थापन कला, वास्तुकला, भावभङ्गी कलाको पनि प्रदर्शनी गरिने भएको छ ।

१२ जना विज्ञ टोलीले प्रदर्शित कलाको व्यक्तिगत रुपमा मूल्याङकन गरेर दिएको नम्बर जोडेर आएको योगफलको आधारमा पुरस्कृत हुने कला छनोट हुने भएको छ । पुरस्कृत हुने हरेक विधाका उत्कृष्ट कलाकारले नगद २५ हजार रुपैयाँका साथमा प्रमाणपत्र पाउनेछन् । प्रदर्शनीभरबाट उत्कृष्ट हुने एक जनाले नगद ३० हजार रुपैयाँ र प्रमाणपत्र पाउनेछन् ।

प्रदर्शनीबाट छानिएका कलाकृतिले राष्ट्रिय प्रदर्शनीमा सहभागी हुन मौका पाउने छन् । वर्ष इटहरीमा भएको पहिलो प्रदर्शनीमा १४९ कलाकारका १५६ ओटा कलाकृतिको प्रदर्शनी गरिएकोमा ६० जना कलाकारका कलाकृति राष्ट्रिय प्रदर्शनीका लागि प्रदर्शनीका लागि छनोट भएकोमा ९ जना कलाकारले विभिन्न विधामा पुरस्कार तथा सम्मान प्राप्त गरेको आयोजकले जानकारी दिएको छ ।

पहिलो दिन उद्घाटन समारोह, दोस्रो दिन राष्ट्रिय कलाकारसहितको कला कार्यशाला, तेस्रो दिन समसामयिक कला, लोककला तथा रैथाने कलासम्बन्धी अन्तरक्रिया, चौथो दिन सांस्कृतिक कार्यक्रम र पाँचौँ दिन समापन समारोहका कार्यक्रम हुने आयोजकले आज पत्रकार सम्मेलन गरेर जानकारी गराएको छ । १५ हजारभन्दा बढी अवलोकनकर्ताले प्रदर्शनीको अवलोकन गर्ने जनाइएको छ ।

प्रादेशिक ललितकला प्रदर्शनी सम्पन्न गर्न ६१ सदस्यीय मूल आयोजक समिति र विभिन्न ११ ओटा उपसमिति गठन गरिएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments