विराटचोकः आज सुन र चाँदी दुवैको भाउ बढेको छ । सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँ र चाँदीको भाउ तोलामा १५ रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ प्रति तोला १ लाख ६९ हजार ६०० रुपैयाँ रहेको छ । चाँदीको भाउ प्रति तोला १ हजार ९७५ रुपैयाँ रहेको छ ।
हिजो सुनको भाउ तोलामा १०० रुपैयाँ बढेको थियो भने चाँदीको भाउ तोलामा २५ रुपैयाँ घटेको थियो ।







