Wednesday, January 8, 2025
Homeफिचरभूकम्पका कारण बाराका ११ जना विद्यार्थी बेहोस्, काठमाडौंमा एक जना घाइते

भूकम्पका कारण बाराका ११ जना विद्यार्थी बेहोस्, काठमाडौंमा एक जना घाइते

काठमाडौंः आज बिहान ६ बजेर ५० मिनेट जाँदा तिब्बतको डिंग्री काउन्टी केन्द्रबिन्दु बनाएर गएको भूकम्पको सामान्य असर नेपालमा पनि परेको छ । चीनमा भने ५० जनाभन्दा बढीको ज्यान गएको बताइएको छ ।

उता, बाराको कलैया उपमहानगरपालिका वडा नम्बर १ देवकोटास्थित त्रिचन्द्र माविका कक्षा ७ र ८ मा पढ्ने ११ जना विद्यार्थी बेहोश भएका छन् । उनीहरूलाई प्रादेशिक अस्पतालमा उपचार भएको थियो । उनीहरु डिस्चार्ज भइसकेका छन् ।

त्यस्तै, भूकम्प आएपछि भाग्ने क्रममा काठमाडौंको स्युचाटारस्थित एक घरको छतबाट हाम फालेका एक जना पुरुष घाइते भएका छन् । प्रहरीले उनको नाम सार्वजनिक गरेको छैन । उनको मनमोहन मेमोरियल अस्पतालमा उपचार भइरहेको छ ।

भूकम्पका कारण सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका ४ स्थित प्रहरी चौकी भवन चर्किएको छ । रामेछापमा एउटा गोठमा भूकम्पले क्षति पुर्याएको छ भने ओखलढुंगा र सोलुखुम्बुमा मानिस नबस्ने केही घरमा क्षति पुगेको प्रहरीले जनाएको छ ।

भूकम्पका कारण स्नातकको परीक्षामा थपियो १५ मिनेट समय

सोलुखुम्बु नजिक नेपाल चीन सिमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु बनाएर गयो भूकम्प

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments