विराटचोकः राष्ट्रिय तथ्याङ्क कार्यालयले ‘राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षण २०८०’ सार्वजनिक गर्दै जनाएअनुसार देशभरि सञ्चालनमा रहेका होटल\रेस्टुरेन्टमध्ये १ लाख ३७ हजार ७ सय १६ प्रतिष्ठानका लगानीकर्ता एकल नेपाली नागरिक छन् । जसको सम्पत्ति ४ खर्ब १८ अर्ब ६२ करोड रुपैयाँ हाराहारी छ ।
नेपाली नागरिकको संयुक्त लगानीमा ३ हजार ३ सय २७ होटल÷प्रतिष्ठान सञ्चालनमा छन् । जसमा १ खर्ब १४ अर्ब रुपैयाँ लगानी रहेको देखिन्छ । नेपाली र विदेशी संयुक्त लगानीमा भने ५९ वटा मात्र होटल\रेस्टुरेन्ट रहेको तथ्याङ्क छ ।
ती होटल\रेस्टुरेन्ट उद्योगले नेपालमा झन्डै ४ लाख मानिसलाई रोजगारी\स्वरोजगारी दिइरहेको सर्वेक्षणमा उल्लेख छ । ३ लाख ८७ हजार ७ सय ४७ जना यो उद्योगमा आबद्ध छन् । व्यवसायी तथा साझेदार, बेतलबी पारिवारिक सदस्य र तलबी रोजगार व्यक्ति यसमा समेटिएका छन् ।
रोजगारी मात्र गर्नेको सङ्ख्या भने १ लाख ६ हजार ४ सय ५९ छ । प्रतिष्ठानबाट नियमित तलब\ज्याला लिने गरी कार्यरत कर्मचारी तथा कामदारलाई यो सूचीमा राखिएको छ । यसरी रोजगारी गर्नेका लागि प्रतिष्ठानले एक वर्षमा २० अर्ब ६१ करोड ५० लाख रुपैयाँ खर्च गरेका छन् ।
पारिवारिक सदस्य बढी सहभागी भएर चलाएका रेस्टुरेन्ट बढी छन् । देशभरि १ लाख २६ हजार ८ सय ५९ रेस्टुरेन्ट रहेकोमा २ लाख ४६ हजार ६ सय ८१ जनाले पारिवारिक रूपमा काम गरिरहेको देखिन्छ ।
सर्वेक्षण अनुसार होटल\रेस्टुरेन्टले एक वर्ष अवधिमा २ खर्ब १६ अर्ब ७३ करोड रुपैयाँ बराबर लगानी गरेको देखिएको छ । त्यसबापत होटल–रेस्टुरेन्टले ३ खर्ब २६ अर्ब १ करोड बराबर सेवा उत्पादन गरेका थिए ।
एक वर्षमा होटल\रेस्टुरेन्टले नेपालको अर्थतन्त्रमा १ खर्ब ९ अर्ब २७ करोड रुपैयाँ बराबर मूल्य अभिवृद्धि गर्न सफल भएको देखिएको छ । नेपालको कुल गार्हस्थ उत्पादन (जीडीपी) मा यस क्षेत्रले १ दशमलव ९६ प्रतिशत योगदान गरेको देखिएको छ ।
नेपालमा १ लाख ४२ हजार होटल, १ हजार १२१ होटल पूर्ण रुपमा विदेशी लगानीमा सञ्चालित