विराटचोकः आज बिहान गएको भूकम्पका कारण त्रिभुवन विश्वविद्यालयको स्नातक तहको प्रथम वर्षको आजको परीक्षामा १५ मिनेट समय थप गरिएको छ । बिहान ७ बजेदेखि परीक्षा थियो । परीक्षा शुरु हुनुभन्दा १० मिनेट पूर्व परीक्षार्थीले उत्तर पुस्तिकामा आफ्नो विवरण भर्दै गर्दा भूकम्प गपछि केहीबेर परीक्षा प्रभावित भएको थियो । जसका कारण १५ मिनेट समय थप भएको हो ।
बिहान ६ बजेर ५० मिनेटमा नेपाल–चीन सिमानामा गएको भूकम्पका कारण चीनको तिब्बतमा केही व्यक्तिको मृत्यु भएको बताइएको छ ।
सोलुखुम्बु नजिक नेपाल चीन सिमाना तिब्बतको दिंगे कान्टी केन्द्रबिन्दु बनाएर गयो भूकम्प