Wednesday, January 8, 2025
Homeकृषिप्रदेश उद्योग तथा कृषि मन्त्रीका सय दिन पूरा

प्रदेश उद्योग तथा कृषि मन्त्रीका सय दिन पूरा

विराटनगरः कोशी प्रदेशका उद्योग कृषि तथा सहकारी मन्त्री खगेनसिंह हाङगामले आफ्नो कार्यकालका १ सय दिने उपलब्धी सार्वजनिक गर्दै आफूले गरेका नीतिगत कामसम्बन्धी १३ बुँदा सार्वजनिक गर्नुभएको छ ।

आफू मन्त्री भएपछि सहकारी क्षेत्रमा देखिएको समस्या समाधानका लागि पहल गरिरहेको बताउँदै सहकारीमा बचतकर्ताहरुको बचत रकमलाई व्यवस्थित गर्न र सहकारीको नियमन गर्न सहज बनाउन सहकारी संस्थामा एप्लिकेशन सफ्टवेयर प्रयोगसम्बन्धी कार्यविधि ल्याइएको उहाँको भनाइ छ । सो सफ्टवेयरमा १७ वटा कम्पनी सूचीकृत भई १ हजार ३ सय सहकारीमा सो एप्लिकेसन प्रयोग शुरु गरिएको उहाँले बताउनुभयो ।

केही सहकारीलाई सङ्कटग्रस्त सहकारी घोषणा गरी बचतकर्ताको बचतलाई सुरक्षित गर्न विद्यमान प्रदेश सहकारी ऐनमा संशोधन गरी अध्यादेश ल्याएर सहकारीको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गरिएको, प्रदेशबाट खोरेतमुक्त गर्न खोरेत रोग नियन्त्रण आयोजना सञ्चालनसम्बन्धी कार्यविधि स्वीकृत गरी कार्यान्वयन गरेको जानकारी दिनुहुँदै इलाम जिल्लाका १० वटै स्थानीय तहहरुलाई खोरेतमुक्त बनाउन जोनिङ सहित खोप कार्यक्रम सञ्चालन गरिएको उहाँको भनाइ थियो ।

प्रदेश कृषि व्यवसाय प्रबद्र्धन अनुदान (दोस्रो संशोधन) नियमावल्ीलाई संशोधन गरी कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन कार्यविधि मस्यौदा स्वीकृत गरेको, प्रदेशमै बिउ बिजन उत्पादन, परीक्षण, प्रशोधन तथा विक्री वितरण सम्बन्धी कार्यलाई नियमन गरी गुणस्तरीय बिउको उत्पादनका लागि प्रदेश बिउ बिजन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयकको मस्यौदा मन्त्रीपरिषदबाट स्वीकृत गरिएको उहाँले जानकारी दिनुभयो ।

प्रदेशमा जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, भण्डारण बिक्रीवितरण, प्रयोग, विसर्जनजस्ता कार्यलाई व्यवस्थित गर्न प्रदेश जीवनाशक विषादी व्यवस्थापन गर्न बनेको विधेयकको मस्यौदा मन्त्रीपरिषदबाट स्वीकृत गरेको, प्रदेश औद्योगिक व्यवसाय (पहिलो संशोधन) विधेयक रायसहमतिका लागि अर्थ मन्त्रालयमा पठाएको उल्लेख छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments