Wednesday, January 8, 2025
Homeफिचरगार्डियन माइक्रोलाइफ हुने भयो आइपीओ निकाल्ने पहिलो लघुबीमा कम्पनी, आजदेखि बिक्री शुरु

गार्डियन माइक्रोलाइफ हुने भयो आइपीओ निकाल्ने पहिलो लघुबीमा कम्पनी, आजदेखि बिक्री शुरु

विराटचोकः गार्डियन माइक्रोलाइफ सर्वसाधारणका लागि आइपीओ निकाल्ने पहिलो लघुबीमा कम्पनी हुने भएको छ । कम्पनीले आज पुस २१ गतेदेखि आइपीओ निष्कासन गर्ने भएको छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँका अंकित दरमा २२ लाख ५० हजार कित्ता आइपीओ जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो । जसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई २ लाख २५ हजार कित्ता आइपीओ बिक्री गरिसकेको छ । ६७ हजार ५०० कित्ता सेयर कर्मचारी र १ लाख १२ हजार ५०० कित्ता सेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी रहेको १८ लाख ४५ हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।

न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन पाइने कम्पनीको आइपीओ बिक्री प्रबन्धक कुमारी क्यापिटलले जनाएको छ । कम्पनीको आइपीओमा सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत् पुस २४ गतेसम्म आवेदन दिन सकिने जनाइएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments