Saturday, January 4, 2025
Homeधर्म र संस्कृतिपाँच जिल्लामा आज तोल ल्होसार पर्व मनाइँदै

पाँच जिल्लामा आज तोल ल्होसार पर्व मनाइँदै

विराटचोकः आज हुम्ला, जुम्ला, डोल्पा, मुगु र मनाङमा तोल ल्होसार पर्व मनाइँदैछ । प्रत्येक वर्ष पौष शुक्ल प्रतिपदाका दिन तोल ल्होसार मनाइन्छ ।

तोल ल्होसारलाई सबैभन्दा पुरानो पर्व मानिन्छ । ‘तोल’को अर्थ समयचक्र भन्ने लाग्छ । त्यसैले यो ल्होसारलाई समयचक्र ‘संवत्सर’ पनि भनिन्छ । तामाङ जातिले मनाउने सोनाम ल्होसारको विधिअनुसार यो पर्व मनाइन्छ । सोनाम ल्होसार र तोल ल्होसार दुवै मनाउने तरिका एकै भए पनि दिन भने फरक पर्दछ छ । तामाङ जातिले आजको एक महिनापछि अर्थात् माघ शुक्ल प्रतिपदाका दिन यो पर्व मनाउँछन् ।

पर्व मनाउने क्रममा आज स्नान गरी शुद्ध हुनुका साथै घर, आँगन लिपपोत गरी चोखो बनाएर लामा पुरोहित वा घरका मुख्य मान्छेबाट पूजापाठ गरिन्छ । आकाशतर्फ गहुँको पीठो फ्याँकेर देवताको विजय र भूतप्रेतको पराजयको कामना गर्ने परम्परा रही आएको छ । ठूला, बडा एवं मान्यजनबाट आशीर्वाद लिनुका साथै बाबरी रोटी, फुलौरा र कन्दमूल खाएर पर्व मनाउने गरिन्छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments