विराटचोकः आचार्य कल्याण समाज नगर कार्यसमिति सुन्दरहरैंचाको संयोजकमा कृष्णप्रसाद आचार्य चयन हुनुभएको छ । विराटचोकमा भएको समाजको पहिलो भेलाबाट समिति चयन भएको हो ।
समाजको सहसंयोजकमा राजन आचार्य, सचिवमा युजिन आचार्य र कोषाध्यक्षमा बिना आचार्य चयन हुनुभएको छ । सदस्यहरूमा प्रज्वल आचार्य, ओमनाथ आचार्य, हरिप्रसाद आचार्य, शर्मिला आचार्य, पर्शुराम आचार्य चयन हुनुभएको छ ।
सो भेला आचार्य कल्याण समाज मोरङका जिल्ला अध्यक्ष पदमप्रसाद आचार्यको सभापतित्वमा भएको थियो ।







