विराटचोकः जङ्गली हात्तीको आक्रमणबाट मोरङको सुन्दरहरैंचा–५ गुरुङ टोलकी ६१ वर्षीया चन्द्रकुमारी लिम्बूको मृत्यु भएको छ ।
सोमबार साँझ नमुना सामुदायिक वनको जङ्गलमा लिम्बूलाई हात्तीले आक्रमण गरेको थियो । दिउँसो दाउरा खोज्न जङ्गल गएकी लिम्बू साँझसम्म घर नफर्किएपछि आज बिहान खोजी गर्ने क्रममा जङ्गलमै मृत अवस्थामा फेला पारिएको स्थानीयले बताएका छन् ।
दुई साताअघि पनि सुन्दरहरैंचा नगरपालिका–७ स्थित सृजना सामुदायिक वनमा दाउरा खोज्न गएकी ४० वर्षीया गंगा श्रेष्ठको हात्तीको आक्रमणबाट मृत्यु भएको थियो ।