Sunday, December 29, 2024
Homeफिचरलेटाङ नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

लेटाङ नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न

लेटाङः लेटाङ नगरपालिकाले चालु आर्थिक वर्षको हिउँदे अधिवेशन सम्पन्न भएको छ । अधिवेशनमा नगर उपप्रमुख कृष्ण कुमारी निरौलाले प्रस्तुत गर्नुभएको लेटाङ नगरपालिकाको विनियोजन ऐन, २०८१ लाई संशोधन गर्न बनेको ऐन, २०८१ पारित भएसँगै बजेटमा संशोधन भएको छ । अधिवेशनले केही योजनाको रकम संशोधान गरी नयाँ योजनामा लगाएको छ ।

कोल्डस्टोर निर्माणका लागि छुट्याइएको ५४ लाख ५० हजार रकम विभिन्न वडाका सडक मर्मतका लागि रकमान्तर गरिएको छ । नगरस्तरका ५ करोड ९८ लाख ९४ हजार रुपैयाँ लागतका योजना र वडास्तरका ६ करोड ४० लाख ११ हजार ३ सय रुपैयाँका योजना संशोधन गरिएको छ ।

नगरसभामा उपप्रमुख निरौलाले चालु आर्थिक वर्षको आय र व्ययको अवस्था जानकारी गराउँदै आर्थिक वर्षको ५ महिनामा नगरपालिकाले लक्ष्यको ५३ दशमलव ३ प्रतिशत आम्दानी गरेको र खर्चतर्फ २३ दशमलव ५७ प्रतिशत मात्र बजेट खर्च गरेको जानकारी दिनुभयो ।

गत असारमा सम्पन्न चालु आर्थिक वर्षको पन्ध्रौँ नगरसभाले कूल ६० करोड ८५ लाख ३७ हजार आय अनुमान गरेको छ । जसमध्ये ५ महिनामा ५३ दशमलव ३ प्रतिशत अर्थात ३२ करोड ४३ लाख ३३ हजार ३ सय ११ रुपैयाँ आम्दानी भएको हो । खर्चतर्फ ६० करोड ८५ लाख ३७ हजार अनुमान गरिएकोमा २३ दशमलव ५७ प्रतिशत अर्थात १४ करोड ३४ लाख ५७ हजार ६ सय ३५ रुपैयाँ मात्र खर्च भएको छ ।

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments