विराटचोकः गछिया जेसीजको सचिवालय तथा बहुआयामिक तालिम हल सुन्दरहरैंचा–३ गछियास्थित आइतबारेमा बन्ने भएको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बजेट निकासा गरी पठाएसँगै नगरपालिकाको समेत थप सहयोगमा भवन निर्माणका लागि टेण्डर आह्वान भएको हो ।
गछिया जेसीजका अध्यक्ष ध्रुव निरौलाका अनुसार नगरपालिकाको स्वामित्वमा रहेको सो जग्गा प्राप्तिका लागि जेसीज र नगरपालिकाबीच समझदारी भएपछि भवन निर्माणको प्रक्रिया अघि बढेको हो ।
गछिया जेसीज सन् २०१४ मा स्थापना भएको हो । भवनको डिजाइन, डी.पी.आर. लगायतका काम सम्पन्न भएसँगै एक वर्षभित्र भवन निर्माण गरिसक्ने लक्ष्य रहेको भवन निर्माण समितिका सदस्य नवीन बराल बताउनुहुन्छ ।