Monday, December 23, 2024
Homeकला र साहित्यबर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ६५ औँ शृङ्खला वनभोजमय

बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठानको ६५ औँ शृङ्खला वनभोजमय

बर्दिबासः हिजो पुस ६ गते बर्दिबास साहित्यिक–सांस्कृतिक प्रतिष्ठान महोत्तरीको ६५ औँ शृङ्खला प्रतिष्ठानका अध्यक्ष रामचन्द्र पौडेलको अध्यक्षतामा सम्पन्न भएको छ ।

मिथिला नगरपालिका वडा नं १० लालगढस्थित अजिङ्गरे धारापानीको वनभोज स्थलमा भएको कार्यक्रममा लेखनाथ स्मृति सदनका कोषाध्यक्ष अनन्त पौडेल, बुढ्यौली साहित्य समाज महोत्तरीका सचिव नारदप्रसाद काफ्ले, अखिल नेपाल लेखक सङ्घका केन्द्रीय सदस्य राम मिलन, बुढ्यौली साहित्य समाज धनुषाका अध्यक्ष नानीराम दहाल, जनसांस्कृतिक महासङ्घका केन्द्रीय सदस्य विमला बिक, प्रतिष्ठानका कोषाध्यक्ष पवनकुमार वाग्ले, आख्यान विभाग प्रमुख लीलानाथ गौतम, प्रचारप्रसार विभाग प्रमुख जीवनराज दहाल, नवसर्जक साहित्य चौतारी मधेस प्रदेश उपाध्यक्ष प्रतिमा पौडेल र प्रलेस केन्द्रीय सदस्य तथा प्रतिष्ठानका उपाध्यक्ष जीवनस्पर्शीले मन्तव्य सहित वाचन गर्नुभएको थियो ।

स्रष्टाहरू प्रशंसा वाग्ले, प्रतिमा पौडेल, प्रवीण पौडेल, अनन्त पौडेल, बन्चरो, विश्वास अभियान, यशोदा श्रेष्ठ, संगीता पोखरेल, रसिक पौडेल राम मिलन, दशक बलम्पाकी आदिले रचना प्रस्तुत गर्नुभएको थियो ।

प्रतिष्ठानकी सचिव यशोदा श्रेष्ठले सञ्चालन गरेको कार्यक्रममा रोचकमणि पौडेल, मनिषा उराउ, प्रिसा वाग्ले, मणिराज ढुङ्गेल, लक्ष्मी मिश्र, अनमिका साह, क्याट्रिना माझी, अञ्जली मिश्र, मोनालिसा बलम्पाकी र निशान साहको उपस्थिति थियो ।

कार्यक्रममा रचना वाचनका साथै नृत्य प्रस्तुत गरिएको थियो । कार्यक्रमको अन्तमा सभाध्यक्ष रामचन्द्र पौडेलले प्रतिष्ठानको शृङ्खलासहितको वनभोजमा सक्रिय सहभागी हुने सम्पूर्णमा हार्दिक धन्यवाद ज्ञापन गर्नुभएको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments