विराटचोकः नेपाल जेसीजको ५१ औँ महाधिवेशनमा इटहरी आउने अतिथिहरुलाई कोशी प्रदेशमा रहेका पर्यटकीय स्थलहरूको भ्रमण गराइने भएको छ । देशभर कोशी प्रदेशका पर्यटकीय क्षेत्रको बारेमा जानकारी दिन र कोशी प्रदेशको भ्रमण वर्ष २०८२ सफल बनाउन पनि पर्यटकीय स्थलको भ्रमण गराउन लागिएको आयोजक इटहरी जेसीजले जनाएको छ ।
प्रदेश सरकारले नै अभिभावकत्व लिएको महाधिवेशनबाट प्रदेशका गतिविधिहरू समेत समेटिने अपेक्षा समेत गरिएको छ । महाधिवेशनमा आउने पाहुनाहरूलाई सुनसरीस्थित कोशी टप्पु वन्यजन्तु आरक्ष, वराहक्षेत्र, रामधुनी मन्दिर, पिण्डेश्वर, दन्तकाली, बुढासुब्बा, तालतलैया, चतरादेखि भोजपुरको सिम्लेसम्म जाने वाटरबोट, हाइकिङका लागि शिवजट्टा र चिण्डेडाँडा, धनकुटाको भेडेटार, स्काईवाक, नाम्जे, नमस्ते झरना, मोरङको बेतना सिमसार, गोकर्ण रिसोर्ट, गोकुलम रिसोर्ट, पाथीभरा मन्दिर, कृष्ण प्रणामी मुक्तिधाम, नयाँ वृन्दावन गौशाला भ्रमणको प्रबन्ध मिलाइएको इटहरी जेसीजले जनाएको छ ।
नेपाल जेसीजको ५१ आँै राष्ट्रिय महाधिवेशन यही पुस ६, ७ र ८ गते इटहरीमा हुँदैछ । महाधिवेशनले सन् २०२५ का लागि जेसीजको नयाँ नेतृत्व चयन गर्नेछ । महाधिवेशनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नुहुने भएको छ ।
प्रदेश सरकारको अभिभावकत्वमा जेसीज महाधिवेशन पुस ६ गतेदेखि इटहरीमा