Monday, December 23, 2024
Homeफिचरप्रदेश सरकारको अभिभावकत्वमा जेसीज महाधिवेशन पुस ६ गतेदेखि इटहरीमा

प्रदेश सरकारको अभिभावकत्वमा जेसीज महाधिवेशन पुस ६ गतेदेखि इटहरीमा

इटहरीः कोशी प्रदेश सरकारको अभिभावकत्वमा पुस ६ गतेदेखि नेपाल जेसीजको ५१ औँ राष्ट्रिय महाधिवेशन हुने भएको छ । महाधिवेशनकोक तयारी पूरा भएको आयोजक इटहरी जेसीजका अध्यक्ष सुमन सुवेदीले बताउनुभएको छ ।

पुस ६ गते इटहरीस्थित जनता माविको प्राङ्गणमा महाधिवेशनको उद्घाटन गर्नका लागि प्रधानमन्त्री केपी शर्मा ओली इटहरी आउने कार्यक्रम छ । महाधिवेशनका लागि देशभरका जेसीज शाखाहरूबाट प्रतिनिधित्व गरेर पाँच हजार सहभागी हुने आयोजक इटहरी जेसीजका महासचिव मिसन पराजुली बताउनुहुन्छ ।

महाधिवेशनका लागि ३ करोड खर्च हुने अनुमान गरिएको हुनाले सहयोगी संस्थाहरू र सहभागीहरूबाट उक्त रकम सङ्कलन गर्ने योजना रहेको बताइएको छ ।

महाधिवेशनका लागि अभिभावकत्व कोशी प्रदेश सरकारले लिएको छ । इटहरी उपमहानगरपालिकाले संरक्षणको जिम्मा लिएको छ भने दुहबी नगरपालिकाले समन्वयको जिम्मा लिएको छ । सुनसरी मोरङ सहितका जिल्लाका स्थानीय तहहरू पनि सहयोगी संस्थाका रूपमा रहेका छन् । महाधिवेशनलाई निजी संस्थाले पनि सहयोग गर्ने भएका छन् ।

जेसीजमा करिब २० हजार सदस्य रहेका छन् ।

यसअघि सन् २००६ मा ३३ औँ महाधिवेशनको आयोजना इटहरी जेसीजले गरेको थियो ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments