विराटचोकः कोशी प्रदेश सरकारले ३८४ किलोमिटर पदमार्ग निर्माणको काम अघि बढाएको छ । स्वीस सरकार विकास सहयोग एसडीसीले १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ लगानी गर्ने भएको छ ।
२९ वटा पालिकालाई छुने ती परियोजनाको लागि संघीय सरकारले १९ करोड ९२ लाख, कोशी प्रदेश सरकारले ४५ करोड ८७ लाख र २९ वटा स्थानीय तहले ४४ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएका छन् ।
१) मुन्दुम पदमार्ग (ट्रेल), (तावाभञ्ज्याङ–टेम्केडाँडा–हाँसपोखरी–साल्पा पोखरी– सिलिचुङ चुली) लम्बाइः १६८ किलोमिटर
२) लालीगुराँस पदमार्ग, (तुम्लिङटार–खाँदबारी–नुम–गुफापोखरी–वसन्तपुर–जलजले–तीनजुरे मिल्के), लम्बाइः १६० किलोमिटर
३) फाल्गुनन्द पदमार्ग (फिदिम–छिन्ताप्पु–सन्दकपुर–माइपोखरी–इलाम), लम्बाइः ३८ किलोमिटर
४) चियाबारी पदमार्ग (इलाम–फिक्कल–श्रीअन्तु), लम्बाइः १८ किलोमिटर
यी पदमार्ग बनेपछि प्रदेशमा आन्तरिक र बाह्य पर्यटक भित्रिने सम्भावना बढ्ने सरकारको अनुमान छ ।
इलाम, संखुवासभा, तेह्रथुम र भोजपुरमा ४ वटा पदमार्ग निर्माण गरिने