Monday, December 23, 2024
Homeपर्यटनइलाम, संखुवासभा, तेह्रथुम र भोजपुरमा ४ वटा पदमार्ग निर्माण गरिने

इलाम, संखुवासभा, तेह्रथुम र भोजपुरमा ४ वटा पदमार्ग निर्माण गरिने

विराटचोकः कोशी प्रदेश सरकारले आगामी वर्षलाई पर्यटन वर्षको रुपमा मनाउन लागेको पूर्व सन्ध्यामा स्वीस सरकार विकास सहयोग परियोजना अन्तर्गत २ अर्ब ४५ करोड लागतमा कोशी प्रदेशमा चारवटा पदमार्ग निर्माण गरिने भएको छ ।

कोशी प्रदेश सरकार र स्वीस दूतावासबीच भएको सम्झौतामा उल्लेख भएअनुसार चार वर्षमा सकिने ती परियोजना सञ्चालनका लागि मुख्यमन्त्री हिक्मतकुमार कार्कीको उपस्थितिमा हस्ताक्षर भएको छ ।

यी हुन् प्रस्तावित पदमार्ग
चियाबारी पदमार्ग (इलाम–फिक्कल–श्रीअन्तु), फाल्गुनन्द पदमार्ग(फिदिम–छिन्ताप्पु–सन्दकपुर–माइपोखरी–इलाम), लालीगुराँस पदमार्ग (तुम्लिङटार–खाँदबारी–नुम–गुफाफोखरी–वसन्तपुर–जलजले–तीनजुरे मिल्के), मुन्दुम पदमार्ग (तावाभञ्ज्याङ–टेम्केडाँडा–हाँसपोखरी–साल्पा पोखरी– सिलिचुङ चुली) मा ती परियोजना सञ्चालन हुने भएका हुन् ।

२९ वटा पालिकालाई छुने ती परियोजनाको लागि स्वीस सरकारले १ अर्ब ३५ करोड १५ लाख रुपैयाँ लगानी गर्ने भएको छ । संघीय सरकारले १९ करोड ९२ लाख, कोशी प्रदेश सरकारले ४५ करोड ८७ लाख र २९ वटा स्थानीय तहले ४४ करोड ६७ लाख रुपैयाँ लगानी गर्ने भएका छन् ।

परियोजनाबाट १ लाख स्थानीयले प्रत्यक्ष रूपमा लाभ लिने र पदमार्गको निर्माण तथा पुनः निर्माणका क्रममा ४ लाख दिन बराबरको रोजगारी सिर्जना हुने बताइएको छ । एक हजार जनालाई पर्यटनसम्बन्धी सीप विकासका लागि तालिम दिइने भएको छ ।

ती पदमार्गमा होमस्टे, लज र अन्य आतिथ्य सेवाको विकास गर्ने लक्ष्य रहेको बताइएको छ । निर्माणको क्रममा चार वर्षको अवधिमा आन्तरिक तथा बाह्य गरी ७८ हजार पर्यटकले पदमार्ग क्षेत्र भ्रमण गर्ने अनुमान र पदमार्गहरुमा पर्यटनसँग सम्बन्धित २ हजार नयाँ रोजगारी सिर्जना हुने अपेक्षा गरिएको छ ।

 

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments