धनगढीः सुदूरपश्चिम प्रदेशका आर्थिक मामिला मन्त्री बहादुरसिंह थापाले ६५ वर्षको उमेरमा विवाह गरेका छन् ।
थापा पहिलो पटक विवाह बन्धनमा बाँधिएका हुन् । उनले कञ्चनपुरको सिसैंयाकी भावना विष्टसँग विवाह गरेका हुन् ।
नेपाली कांग्रेसबाट कञ्चनपुर निर्वाचन क्षेत्र नम्बर २ (ख) बाट प्रदेश सभा सदस्यमा निर्वाचित भएका थापा वि.सं. २०१६ चैत १ गते, बैतडीको दशरथचन्द नगरपालिकामा जन्मिएका थिए ।