काठमाडौंः त्रिभुवन विश्वविद्यालयले विभिन्न ८ संकायमा डीन नियुक्त गरेको छ । विश्वविद्यालय कार्यकारी परिषदको शनिबार बसेको बैठकले विभिन्न ८ संकायमा डीन नियुक्त गर्ने निर्णय गरेको हो ।
बैठकले मानविकी तथा सामाजिकशास्त्र संकायमा प्रा.डा. दुबिनन्द ढकाल, इन्स्टिट्युट अफ मेडिसिनमा प्रा.डा. मोहनराज शर्मा, कृषि र पशुविज्ञान अध्ययन संस्थानमा डा. किशोरचन्द्र दाहाललाई डीन नियुक्त गर्ने निर्णय गरेको छ । शिक्षाशास्त्र संकायमा प्रा.डा. वेदराज आचार्य, वन विज्ञान अध्ययन संस्थानमा डा. ठाकुर सिलवाल, व्यवस्थापन संकायमा प्रा.डा. महानन्द चालिसे, इन्जिनियरिङ अध्ययन संस्थानमा सुशीलबहादुर ब्रजाचार्य र विज्ञान तथा प्रविधि अध्ययन संस्थानमा प्रा.डा. शंकर खनाल डीन नियुक्त हुने भएका हुन् ।