विराटचोकः पुस महिनाका लागि अधिकांश वाणिज्य बैंकहरुले मंसिर महिनाकै मुद्दति निक्षेपको ब्याजदर लाई निरन्तरता दिएका छन् । केही बैंकले थोरै ब्याज बढाएका छन् भने कतिपयले घटाएका छन् ।
पुस महिनाको लागि वाणिज्य बैंकहरुको मुद्दति निक्षेपको ब्याजदर ० दशमलव ०५ प्रतिशत बिन्दुले बढेर ६ दशमलव ०२ प्रतिशत निर्धारण भएको छ । मंसिरमा वाणिज्य बैंकहरुको औसत ब्याजदर ५ दशमलव ९७ प्रतिशत निर्धारण भएको थियो । ३ बैंकको ब्याजदर बढेको छ भने ३ बैंकको घटेको छ । १४ बैंकले भने अघिल्लो महिनाकै ब्याजदरलाई निरन्तरता दिएका छन् ।