विराटचोकः नेपाल आयल निगमले पेट्रोलको मूल्य प्रति लिटर २ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर २ रुपैयाँ घटाएको छ ।
निगम सञ्चालक समितिको हिजो बसेको बैठकले आजदेखि लागू हुनेगरी मूल्य फेरबदल गरेको हो । निगमले पहिलो वर्गका लागि पेट्रोल प्रतिलिटर १ सय ५९ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १ सय ६१ रुपैयाँ र तेस्रो वर्गका लागि प्रतिलिटर १ सय ६२ रुपैया तोकेको छ ।
डिजेल र मट्टितेल पहिलो वर्गका लागि प्रतिलिटर १ सय ४८ रुपैयाँ ५० पैसा, दोस्रो वर्गका लागि प्रतिलिटर १ सय ५० रुपैयाँ र तेस्रो वर्गका लागि १ सय ५१ रुपैयाँ निर्धारण गरिएको निगमले जनएको छ ।
निगमले पहिलो वर्गअन्तर्गत चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगन्ज, धनगढी र वीरगन्ज, दोस्रो वर्गअन्तर्गत सुर्खेत र दाङ तथा तेस्रो वर्गअन्तर्गत काठमाडौँ, पोखरा र दिपायललाई तोकेको छ ।