काठमाडौंः रागिनी उपाध्याय कला प्रतिष्ठानले हरेक वर्ष एक जना पत्रकारलाई पुरस्कृत गर्ने भएको छ । दुई जना विद्यार्थीलाई छात्रवृत्ति प्रदान गर्न कोष समेत स्थापना गरिएको छ ।
नेपालमा कलाको विकास, अनुसन्धान र प्रवर्द्धन गर्न सहयोग पु¥याउने उद्देश्यले पुरस्कार र छात्रवृत्ति प्रदान गर्ने निर्णय गरेको प्रतिष्ठानले जनाएको छ । सो पुरस्कार र छात्रवृत्ति हरेक वर्ष ९ नोभेम्बरमा प्रदान गरिने प्रतिष्ठानद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । पत्रकार पुरस्कारको राशि एक लाख रुपैयाँ छ भने छात्रवृत्ति जनही ५० हजार रुपैयाँ प्रदान गरिने जनाइएको छ ।