Wednesday, December 25, 2024
Homeफिचरनेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित

नेपाल जेसीजको अध्यक्षमा रजनी थापा निर्वाचित

इटहरी ः नेपाल जेसीजको अध्यक्षमा मनोहरा जेसीजकी संस्थापक अध्यक्ष रजनी थापा निर्वाचित हुनुभएको छ । जेसीजको इतिहासमा उहाँ राष्ट्रिय अध्यक्ष हुने चौथो महिला हुनुभएको छ ।

थापाले ७६२ मत प्राप्त गर्दै अध्यक्षमा निर्वाचित हुँदा प्रतिस्पर्धी जीवन कार्कीले ४५३ मत प्राप्त गरे ।

यसैगरी कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित हुनुभएको छ ।

उपाध्यक्षहरूमा सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बबिता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्वल काब्रा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल विजयी हुनुभएको छ ।

यस्तो छ मत परिणाम

अध्यक्ष
रजनी थापा – ७६२ मत (विजयी)
जीवन कार्की– ४५३ मत

कार्यकारिणी उपाध्यक्ष
गणेश सापकोटा – ७८५ मत (विजयी)
एलिना महर्जन – ७३४ (विजयी)
कृष्ण सापकोटा – ७६८ (विजयी)
सौरभ श्रेष्ठ – ६८३ (विजयी)

उपाध्यक्ष
सन्दिप खत्री – १०६८ (विजयी)
दीपक अधिकारी – १०६२ (विजयी)
धनराज कँडेल – १०३४ (विजयी)
सुजन थापा काजी – १०२३ (विजयी)
संगम कार्की – ९५८ (विजयी)
बबिता पाण्डे – ९२२ (विजयी)
अभिषेक दुलाल – ९०७ (विजयी)
सुमत्रा भट्टराई – ८७८ (विजयी)
उज्ज्वल काब्रा – ८२९ (विजयी)
सुवास गौतम – ८१८ (विजयी)
राघव कोइराला – ८०० (विजयी)
मनिप्रसाद अर्याल – ७८३ (विजयी)

RELATED ARTICLES

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

- Advertisment -
- Advertisment -
- Advertisment -
- Advertisment -

Most Popular

Recent Comments